समाज


४ हजार ३६६ संक्रमित थपिए ६ हजार २०५ संक्रमणमुक्त

४ हजार ३६६ संक्रमित थपिए ६ हजार २०५ संक्रमणमुक्त

नेपालखबर
जेठ १६, २०७८ आइतबार १०:५०,

नेपालमा गएको २४ घण्टामा ४ हजार ३६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१० हजार ९८६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ र १ हजार ७८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६६४ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

आज १०९ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १ हजार ९३ संक्रमित थपिएका छन्। जसमा भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाडौंमा ८०४ जना रहेका छन्।

आज देशभर सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad