सो प्रदेशको अलिगार्च जिल्लामा शुक्रबार एकैदिन ती व्यक्तिहरुको मृत्यु भएको हो।
उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले सो विषाक्त रक्सीको सेवनबाट यहाँका २२ जनाको ज्यान गएको छ भने अरु केही अस्पताल भर्ना भएका छन्।
अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गम्भीर रहेको पनि समाचारमा जनाइएको छ। बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए।
सो रक्सी सेवनबाट विरामी भएका उनीहरु शुक्रबार साँझ ज्यान गएको हो।
यहाँका स्थानीयहरुले शुक्रबार अपरान्हबाट मानिसहरु निकै विरामी परेका र साँझदेखि मर्न थालेका बताएका छन्।
यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका पाँच ओटा रक्सी पसल सिल गरेका छन् र ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन्।
त्यस्तै ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ। रासस/सिन्ह्वा
Shares

प्रतिक्रिया