ad ad

समाज


स्वास्थ्यकर्मीविरुद्ध आक्रमण: ३ जना पक्राउ, सीडीओको संयोजकत्वमा छानबिन समिति गठन

स्वास्थ्यकर्मीविरुद्ध आक्रमण: ३ जना पक्राउ, सीडीओको संयोजकत्वमा छानबिन समिति गठन

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ५:४,

नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मी आक्रमणमा संलग्नमध्ये प्रहरीले घटनालगत्तै ३ जनालाई पक्राउ गरिसकेको छ।

घटनाबारे अनुसन्धान र दोषीलाई कारबाहीका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको त्यहाँका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार आक्रमणमा संलग्न बिरामीका आफन्त दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई पक्राउ गरिएको छ।

अस्पतालका अनुसार उपचार क्रममा आफ्ना मानिस ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनीहरूलगायत ४/५ जनाको समूहले बिहीबार राति डाक्टर तथा नर्सलाई आक्रमण गरेका थिए।

‘ती तीन जना अलिहे हाम्रो (बाँके जिल्ला प्रहरी कार्यालय) को नियन्त्रणमा छन्,’ शुक्रबार बिहान एसपी रानाले नेपालखबरसँग भने, ‘सीडीओ साबको संयोजकत्वको छानबिन समितिले आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछ।’

यी पनि :

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी आक्रमण, ज्यान जोगाउन नर्सले छतबाट हामफाले 

काठमाडौंका डाक्टरको माग : भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कडा कारबाही गरौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .