ad ad

समाज


कोरोना कहर: अस्पतालमा बेड छैन, प्रदेश-२ सरकारद्वारा ९ वटा बारुणयन्त्र खरिद

कोरोना कहर: अस्पतालमा बेड छैन, प्रदेश-२ सरकारद्वारा ९ वटा बारुणयन्त्र खरिद

शैलेन्द्र महतो
जेठ १४, २०७८ शुक्रबार ४:१,

प्रदेश-२ सरकारले ९ वटा बारुणयन्त्र खरिद गरेको छ। कोरोना कहरमा बारुणयत्र खरिद गरिएको भन्दै नागरिकले भने आलोचना गरेका छन्।

प्रदेश- २ पर्याप्त अस्पताल छैनन्। भएका अस्पतालमासमेत बेड, आइसियु, भेन्टिलेटर अभाव हुँदा कोरोना संक्रमितले उचित उपचार पाइरहेका छैनन्। संक्रमितले ज्यान गुमाइरहेको बेला प्रदेश सरकारले बारुणयन्त्र खरिद गरेपछि नागरिकले आलोचना गरेका हुन्।

प्रदेश- २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ वटा बारुण यन्त्र खरिद गरेको हो। खरिद गरिएका बारुणयन्त्रमध्ये आठवटा जिल्ला प्रशासन कार्यालय र एउटा प्रदेश प्रहरी कार्यालयलाई उपलब्ध गराइने आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

भक्तपुरस्थित नेश्नल फ्यारेन सिफ, प्रा.लि.बाट ती बारुणयन्त्र खरिद गरिएका हुन्। ५३ लाख रुपैयाँका दरले ९ वटा बारुणयत्र खरिद गरिएको मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले नेपालखबरलाई जानकारी दिए।

९ वटै बारुणयन्त्र बिहीबार जनकपुर आइपुगेका छन्। बारुणयन्त्रलाई यातायात व्यवस्था कार्यालयमा दर्ता गराएर जिल्ला प्रशासन कार्यालयहरुलाई वितरण गरिने मन्त्री यादवले जानकारी दिए।

190669957 463778218052281 3671552001901849046 n

मन्त्री यादवले चालु वर्षको प्रदेश सरकारको बजेटमै बारुणयन्त्र खरिदको लागि रकम विनियोजन गरिएको बताए। ‘बारुणयन्त्र खरिदका लागि ७ महिना अघि नै टेन्डर भएको थियो । खरिद गर्न कानुनी प्रक्रियामै केहि महिना लाग्यो,’ मन्त्री यादवले भने, ‘टेन्डर लागिसकेपछि मेसिन बनाउन चारमहिना लाग्दा बारुणयन्त्र आउनमा ढिलाई भएको हो।’

उनले सम्भावित आगलागीका घटनाहरुलाई तत्काल नियन्त्रण गर्न र क्षति कम गर्ने उद्देश्यले आठवटै जिल्ला प्रशासन र प्रदेश प्रहरीलाई बारुणयन्त्र उपलब्ध गराउन खरिद गरिएको बताए।

यसअघि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले खरिद गरेको ५ वटा बस ८ महिना बितिसक्दासमेत संचालनमा आउन सकेका छैनन्।

प्रदेशको राजधानीदेखि जिल्ला सदरमुकामसम्म संचालन गर्न गएको कार्तिक २७ गते धनतेरशको अवसरमा प्रदेश सरकारले ५ वटा बस खरिद गरेको थियो । पाँचवटै बस अहिले ढल्केबरको एक ग्यारेजमा थन्काएर राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .