ad ad

समाज


काठमाडौंका डाक्टरको माग : भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कडा कारबाही गरौं

काठमाडौंका डाक्टरको माग : भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कडा कारबाही गरौं

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ३:५३,

नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई गरिएको आक्रमणको काठमाडौंका चिकित्सकले विरोध जनाएका छन्।

उपचारका क्रममा बिहीबार दिउँसो दाङका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएपछि उनका आफन्तले अस्पताभित्रै पसेर चिकित्सक र नर्सलाई आक्रमण गरेका हुन्।

उपचारमा लापरबाही गरेको आरोप लगाउँदै उनीहरूले कुटपिट गर्न थालेपछि स्वास्थ्यकर्मीको भागाभाग भएको थियो। त्यस क्रममा केही नर्सले अस्पतालको दुई तलाबाट हामफालेर ज्यान जोगाएका थिए।

घटनालगत्तै सामाजिक सञ्जालमार्फत काठमाडौंस्थित अस्पतालका चिकित्सकले घोर निन्दा गर्दै दोषीलाई कडा कारबाही माग गरेका हुन्।

टेकुस्थ्ति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोभिड फोकल पर्सन डा. अनुप बाँस्तोल लेख्छन्, ‘भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारनिन्दनीय छ। यस्ता घटनाले हाम्रो समाजको चेतनास्तर देखाउँछ। संक्रमणको जोखिमका बीच स्वास्थ्यकर्मीले आफ्नो कर्म गरिरहेकै छन्, तर बिरामीको मृत्यु हुनासाथ उनीहरूमाथि आक्रमणसम्म हुन्छ।’

अस्पताल आएका बिरामीलाई सकेसम्म बचाउने प्रयास चिकित्सकको हुने तर अस्पतालको जनशक्ति र स्रोत/साधनमा पनि यो कुरा भर पर्ने उनले उल्लेख गरेका छन्। तर सबै दोष चिकित्सलाई आउने गरेको उनको गुनासो छ।

उनले अगाडि लेखेका छन्, ‘कोभिडको यो दोस्रो लहरमा बिरामी अस्पतालसम्म आइपुगेका छन् भने चिकित्सकले हरसम्भव बचाउने कोसिस गर्छन्। अस्पतालको साधनस्रोत र जनशक्तिले उपचार सेवामा फरक पार्छ। कोभिडका बिरामीको यो चाप थेग्न सरकारी अस्पताललाई हम्मे छ। तर, अस्पतालमा सारा दोष चिकित्सकमाथि नै आउँछ र कुटाइसमेत खानुपर्छ।’

उनको माग छ, ‘भेरी अस्पतालमा भएको घटनाका दोषीलाई कडा कारबाही गरौं।’

यस्तै ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले पनि घटनाको घोर निन्दा गरेका छन्। 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घोर निन्दा गर्दछु। स्वस्थ्यकर्मीको मनोबल बढाउन सक्नुहुन्न ठीकै छ, तर गिराउन चैं नखोज्नू। किनकि अन्य धेरै बिरामीको उपचार प्रभावित हुन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .