समाज


गणतन्त्र दिवसमा सवा चार सय कैदी छुट्ने, बहुविवाहका कैदीले पहिलो पटक माफी पाउँदै

गणतन्त्र दिवसमा सवा चार सय कैदी छुट्ने, बहुविवाहका कैदीले पहिलो पटक माफी पाउँदै

नेपालखबर
जेठ १३, २०७८ बिहिबार १७:१६,

गणतन्त्र दिवसमा सवा चार सय कैदी छुट्ने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत कैद भुक्तान गरेका र गम्भीर प्रकृतिका मुद्दामा नपरेका असल चालन चलन भएका कैदीलाई माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

बिहीबारको बैठकमा विभिन्न ७ प्रकारका मुद्दामा कैद भुक्तान गरीरहेका र ५० प्रतिशतभन्दा कम बाँकी रहेकालाई माफी दिन गृहसचिवले मन्त्रिपरिषदमा पेश गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

सोही सूची अनुसार सरकारले राष्ट्रपति समक्ष माफी दिनका लागि सिफारिस गर्ने भएको हो। उनीहरु शनिबार छुट्ने छन्।

सवारी ज्यान, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, डाका, आगलागि, ठगी, बहुविवाह लगायत मुद्दाका कैदीले माफी पाउँछन्।

२०७४ सालमा फौजदारी संहिता आउनु पहिलेका कर्तव्य ज्यानमा जन्मकैदको सजाय तोकिएका कैदीहरु पनि छुट्ने भएका हुन्। प्रजातन्त्र दिवस, संविधान दिवस र गणतन्त्र दिवसमा गरी वार्षिक तीन पटक यस्ता कैदीलाई माफी दिने गरिएको छ।

बहुविवाहको मुद्दाका कैदीलाई भने पहिलो पटक माफी दिन लागिएको हो। यसअघि बहुविवाहलाई पनि गम्भीर प्रकृतिको अपराधमा राखिएको थियो।

अहिले यसलाई गम्भीर अपराधबाट हटाइएको छ। यस पटक छुट्ने मध्ये करिव ८० जना बहुविवाहको मुद्दाका रहेको कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधी अधिकारीले नेपालखबरलाई जानकारी दिए।

कारागार व्यवस्थापन विभागका अनुसार देशभरका कारागारमा करिव १४ हजार कैदी र १० हजार जति थुनुवा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad