कोरोना संक्रमितले समयमा बेड नपाउने तर अस्पतालहरुमा बेडहरु रिजर्व राख्ने गरिएको विषयमा गुनासो आएको भन्दै मन्त्रिपरिषदको बैठकमा प्रश्न उठेपछि स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले सो विषयमा अनुगमन गर्ने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको मन्त्रिपिरषद बैठकमा अस्तपालहरुको अनुमगन गर्ने जानकारी मन्त्री त्रिपाठीले बैठकमा गराएका हुन्।
भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुङवाहाङ्फेसहितका मन्त्रीहरुले पहुँचवालाले निजी अस्पतालमा बेड रिजर्भ गरेर राखेको विषयमा आममानिसले गुनासो गरेको बताएका थिए।
‘छलफलमा मन्त्री त्रिपाठीले आफूले त्यस विषयमा अनुमगन गर्ने जानकारी गराउनु भएको थियो’ एकमन्त्रीले भने, ‘उहाँले एक पटक अनुगमन गरेर मात्रै समस्या समाधान नहुने भन्दै त्यसबारे नीति नै बनाउने पनि बताउनु भयो।’
त्यसैगरी विदेशबाट आउने थप सिलिन्डरहरु बिरामीहरुको चापलाई हेरेर व्यवस्थित रुपमा वितरण गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो।
Shares

प्रतिक्रिया