गण्डकी प्रदेशको राजधानी कास्कीमा निषेधाज्ञाको अवधि जेठ २१ गतेसम्म लम्ब्याइएको छ।
कास्की प्रशासनले बिहीबार सूचना जारी गर्दै निषेधाज्ञामा अत्यावश्यक काममा प्रयोग हुने सरकारी सवारी साधनबाहेक अन्य सबै कामकाजमा रोक लगाएको छ।
यो पटक फलफूल तथा तरकारीको थोक विक्रेतालाई खुद्रा बिक्री गर्न रोक लगाइएको छ भने अत्यावश्यक संघ/संस्थाका कर्मचारीहरु बिहान १ देखि १० र बेलुका ५ देखि ६ बजेभित्र परिचय र पोशाकका आधारमा आवतजावत गर्न पाइने व्यवस्था गरिएको छ।
सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन्।
सार्वजनिक एवम् निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ।
विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ। घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने तथा सवारीसाधानमा ५ जना मात्र सवार हुन र एकमात्र सवारी प्रयोग गर्न आदेशमा भनिएको छ।
उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा र्निाणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने तथा सरकारी प्राथमिकताप्राप्त आयोजनाका निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ।
कास्कीमा वैशाख १५ बाट निषेधाज्ञा जारी छ। निषेधाज्ञा उलंघन गरे १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने सूचना जारी गरिएको छ।
प्रशासनले अत्यावश्यक खाद्य सामग्री बिहान ९ बजेसम्म किनमेल गर्न सकिने जनाएको छ।
Shares

प्रतिक्रिया