नेपाल चिकित्सक संघले कोभिड महामारीमा फ्रन्टलाइनमा बसेर संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलाई ‘क्रिटिकल केयर तालिम’ सुरु गरेको छ।
अग्रभागमा बसेर कोभिड १९ संक्रमितको उपचारमा संलग्न भएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि विहीबारदेखि दुई दिन भर्चुअल तालिम सुरु गरिएको हो। विरामीको उपचारका लागि अक्सिजन, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीले मात्रै नहुने भएकाले आफू सुरक्षित रहेर र प्रभावकारी ढंगले उपचार गर्न सकियोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जनाएको छ।
तालिममा आफू सुरक्षित रहेर संक्रमित विरामीको व्यवस्थापन, अक्सिजन तथा भ्यान्टीलेटर लगायतको विशेष उपचारका क्रममा ध्यान दिनुपर्ने कुराहरुलाई चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिने महासचिव डाक्टर बद्री रिजालले जानकारी दिए।
उनले भो, ‘कोभिड महामारी नियन्त्रणका लागि मुलुकभर रहेका फ्रन्टलाइनमा रहेर कोभिडको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीका लागि २/२ दिनको क्रिटिकल केयर म्यानेजमेन्ट अफ कोभिड १९ प्यासेन्ट भनेर यो तालिम सुरु भएको हो। यसबाट फ्रन्ट लाईनमा कामगर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोभिडको विरामीको उपचारमा सहयोग हुने, पोजिसन, अक्सिजन , मेकानिकल भेन्टिलेसन लगातका उपचारका लागि अत्यावश्यक पर्ने र दैनिक काम गर्दा समस्या झेलिएका विषयमा अन्तरक्रिया गरि उपचारमा सहयोग गर्ने छ।’
विश्व स्वास्थ्य संगठन लगायत विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालित सो तालिममा एक सय जना चिकित्सक एवंम् स्वास्थ्यकर्मीलाई सहभागी गराइने महासचिव डाक्टर रिजालले जानकारी दिए। ५ बटा समूहमा विभाजन गरेर २÷२ दिनको दरमा १० दिन सम्म तालिम सञ्चालन गरिने छ।

प्रतिक्रिया