समाज


कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ७:१०,

कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे । शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

‘परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ’, अध्यक्ष लिङ्देनले भने, ‘झापामै शव व्यवस्थापन हुन्छ।’

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उहाँलाई बिएण्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad