राजनीति


संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु

संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु

नेपालखबर
जेठ १३, २०७८ बिहिबार ६:५९,

संसद विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्न इजलास सुरु भएको छ।

१९ वटा रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा छ।

१२ बजे इजलास बसेको थियो। अहिले प्रधानन्यायाधीश जबराले निवेदन अध्ययन गर्दैछन्।

५ जना बाहेक सबै कानून व्यवसायीहरूलाई बाहिर पठाइएको छ।

पहिलो नम्बरमा वीरभद्र जोशीसहितले हालेको निवेदन रहेको छ। उनीहरु अहिले इजलासको प्रतीक्षा गर्दै बाहिर बसेका छन्।

बहसको क्रममा जोशीले मध्यरातमा समय नदिइ संसद विघटन भएको बताएका छन्।

'मार्गप्रस्स्त भनेको के हो? राजीनामा कि के भन्ने स्पष्ट छैन। तसर्थ पुनर्स्थापना होस्', उनको जिकिर रहेको छ।

अर्का अधिवक्ता तुलसी पराजुलीले ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ७६ (४) बमोजिम विश्वासको मत लिनु पर्नेमा विघटनमा जानु असंवैधानिक भएको बताए।
अहिले अजय बुढाथोकीको रिटमा बहस जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad