कोरोनापीडितहरुको उपचारका लागि सहयोग गरेको अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँसेपछि आलोचनामा परेका वनमन्त्री प्रेमबहादुर आलोको सचिवालयले स्पष्टीकरण दिएको छ।
मन्त्री आलेको निजी खर्चमा किनिएको १ सय १० वटा सिलिण्डरमा कार्यकर्ताहरुले स्टिकर टाँसेर बाँडेको सचिवालयले जनाएको छ।
‘अस्पतालले माग गरेपछि मन्त्रीज्यूले निजी खर्चमा सामग्री किन्नुभएको हो। चीन सरकारबाट आएको अनुदान होइन’, आलेका स्वकीय सचिव हेमन्त रेग्मीले भने, ‘हामीले होइन, जिल्लाका कार्यकर्ताहरुले स्टिकर बनाएर टाँसेर बाँड्नुभयो। त्यसले समस्या भयो।’
सोमबार दिपायलमा आयोजित कार्यक्रममा मन्त्री आलेले स्वास्थ्य सामग्रीहरु वितरण गरेका थिए। डोटी आलेको गृह जिल्ला हो।
रेग्मीका अनुसार १ सय १० थान सिलिण्डर, मास्क, अक्सिजन कन्सट्रेटर, बेडहरु उपलब्ध गराइएको हो।
मन्त्रीको सचिवालयले सो सागम्रीहरु बिड म्यानेजमेन्टबाट किनेको जनाएको छ। मन्त्री आलेले ६० स्थानमा सिलिन्डर डोटी अस्पतालमा बुझाएको र ५० सिलिण्डर सेती प्रदेशिक अस्पतालमा उनको सचिवालयले जनाएको छ।
स्वास्थ्य विभागले उपलब्ध गराएको १५ स्थान सिलिण्ड पनि आफ्नै खर्चमा अदालतमा पुर्याएका थिए।

प्रतिक्रिया