गुणस्तरहीन सेनिटाइजर बेचेको आरोपमा ललितपुरमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुरको पाल्पा तानसेन नगरपालिका–१ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो ।
कोरोना महामारीको फाइदा उठाउँदै गुणस्तरहीन सेनिटाइजर उत्पादन गरी बिक्री गरेको पाइएकाले भट्टराईलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए।
पक्राउ परेका भट्टराईले औषधि व्यवस्था विभागमा दर्ता नगरी चिनियाँ ब्रान्डको लोगो नक्कल गरी स्टिकर टाँसेर हानिकारक पदार्थ मिथानोल धेरै राखेर सेनिटाइजर बिक्री गरिरहेको अनुसन्धानबाट पत्ता लागेको महाशाखाले जनाएको छ।
प्रहरीले भट्टराईका साथबाट ३ हजार ८१ लिटर सेनिटाइजर बरामद गरेको छ। थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई ललितपुर महानगरीय प्रहरी परिसर पठाइएको महाशाखा प्रमुख खापुङले जानकारी दिए। रासस

प्रतिक्रिया