प्रहरीले मोरङको सुनवर्षी नगरपालिका ८ हर्चगढीमा प्लाष्टिकको बोरामा हालेको अवस्थामा १२ वटा सुनगोहोरोसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले साइकलमा आउँदै गरेका मोरङ पथरी शनिश्चरे ६ बस्ने जसबहादुर धिमाललाई पक्राउ गरेको हो। प्लाष्टिकको बोरामा फेला परेका गोहोरो सबै जिउँदै रहेको पाइएको थियो।
प्रहरीले धिमाललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय मोरङ विराटनगर पठाएको जनाएको छ।

प्रतिक्रिया