समाज


भोटेकोसीमा भीषण बाढी आउँदा रसुवामा पुलै बगायो

भोटेकोसीमा भीषण बाढी आउँदा रसुवामा पुलै बगायो

नेपालखबर
भदौ २, २०७६ सोमबार ५:३१,

भोटेकोसी नदीमा भीषण बाढी आउँदा रसुवास्थित बेलिब्रिज बगाएको छ।

वर्षाकारण आइतबार राति उक्त नदीमा आएको बाढीले टिमुरे भन्सार कार्यालयबाट सुक्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो।

भोटेकोसीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको रसुवा जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Rasuwagadhi flood1

भोटेकोसी नदीमा भीषण बाढी आउँदा रसुवागढी जलविद्युत आयोजनाका हेडवर्क्स, पेनस्टक पाइप, कफर ड्यामलगायत संरचना बगाएको आयोजनाले जनाएको छ। क्षतिको थप विवरण आउन बाँकी छ।

नदीमा बहाव बढेपछि स्वाफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेंसी, शान्तिबजारदेखि खाल्डेसम्मका बस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारिएको थियो। अहिले भोटेकोसीको बहाव केही घटेको स्थानीयले जनाएका छन्।

चीनको सीमा नजिक निर्माणाधीन १ सय ११ मेगावाटको आयोजना पटकपटक प्राकृतिक विपदमा पर्दै आएको छ । दुई वर्षअघि पनि भाेटेकाेसीमा ठूलो बाढी आउँदा बाँधस्थलमा ठूलो क्षति पुगेको थियो भने २०७२ सालको भूकम्पबाट पनि आयोजनामा क्षति पुगेकाे थियाे। 

आयोजनाबाट सन् २०१९ को डिसेम्बरभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।   

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad