गृहमन्त्रालयले निषेधाज्ञालाई कडारुपम कार्यान्वयन गराउने निर्देशन दिएकोछ।
गृहमन्त्रालयमा आज आयोजित सुरक्षा निकायको बैठकमा गृहसचिव महेश्वर न्यौपानेले नागरिकस्तरबाट निषेधाज्ञामा लापरबाही बढेको भन्दै यसलाई नियन्त्रण गर्न निर्देशन दिएका हुन्।
मानिसहरुको अनावश्यक हिंडडुललाई नियन्त्रण भनिएको छ।
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी रहेका थिए।
निषेधाज्ञाका पालना नगर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गर्नसमेत न्यौपाने निर्देशन दिएका छन्।
गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा कडाइका साथ पालना गराउन परिपत्रसमेत गरेको छ।
3
Shares

प्रतिक्रिया