समाज


प्यालेस्टिनी र इजरायलबीच भएको युद्धविरामको सुडानद्धारा स्वागत

प्यालेस्टिनी र इजरायलबीच भएको युद्धविरामको सुडानद्धारा स्वागत

नेपालखबर
जेठ ८, २०७८ शनिबार ८:११,

यस विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी अमेरिकी प्रशासनलाई प्यालेस्टिनी जनताको अधिकारमा जानाजानी उल्लघंन नगर्न र हमला रोक्न आवश्यक उपायहरु अपनाउन आग्रह गरिएको छ।

अन्तर्राष्ट्रिय समुदायले विनाश भएको क्षेत्रहरुको पुनःस्थापना गर्न मानवीय अवस्थालाई सुधार, सहयोग र क्षतिपूर्तिको व्यवस्थालाई थप गति दिन माग गरेका पनि बताइएको छ।

गाजा पट्टीमा सक्रिय हमास समूहका लडाकूविरुद्ध आक्रामक कारबाही गरेको इजरायलले संयुक्तराज्य अमेरिका समेत अन्तर्राष्ट्रिय समुदायको बारम्बारको अनुरोधलाई स्वीकार्दै युद्धविराम गरेको हो।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणबाट कम्तीमा २३० जनाको मृत्यु भएको छ जसमा ६५ जना बालबालिका र ३९ जना महिला छन्। आक्रमणबाट एक हजार ७१० जनाभन्दा बढी घाइते भएका छन्।

हमास र इस्लामिक जिहादले आफ्ना कम्तीमा २० जना लडाकू मारिएको जनाएका छन् तर इजरायलले १३० जना हमास लडाकू मारिएको दाबी गरेको छ।

इजरायली आक्रमणको त्रासका कारण झण्डै ५८ हजार प्यालेस्टिनी बिस्थापित भएका छन्। इजरायलतर्फ पाँच वर्षका एक बालक सहित १२ जनाको मृत्यु भएको छ।

इजरायल र हमासबीचको पछिल्लो युद्ध गत मे १० तारिखदेखि शुरु भएको हो। सन् २०१४ यताको सबैभन्दा डरलाग्दो हमला मानिएको यस पटकको युद्धलाई लिएर विश्वका विभिन्न स्थानमा इजरायल विरुद्ध प्रदर्शनहरु भएका थिए।

यद्यपी, पछिल्लो युद्धबिराम चाँडै गरेको भन्दै इजरायली दक्षिणपन्थीहरुले प्रधानमन्त्री नेतन्याहूको आलोचना गर्न थालेका छन्।

प्यालेस्टिनी जनताले भोग्नुपरेको समस्यामा संयुक्तराज्य अमेरिकाको बाइडेन प्रशासनले आर्थिक सहायता गर्ने घोषणा पनि गरेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad