समाज


कोरोना संक्रमणको कारण माओवादी नेतृको निधन

कोरोना संक्रमणको कारण माओवादी नेतृको निधन

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ४:२९,

कोरोना संक्रमणका कारण नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्ती मगरको निधन भएको छ।

नेतृ घर्तीको शुक्रबार बिहान ५ बजे दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो।

माडी गाउँपालिका-५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा बसेर अल्लो व्यवसायसँगै राजनीतिमासमेत क्रियाशील हुँदै आएकी घर्ती कृषि सहकारीलगायत सङ्घसंस्थामार्फत सामाजिक सेवामा पनि आबद्ध थिइन्।

कोरोना सङ्क्रमणपछि उनलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि जेठ ६ गते दाङ बेलझुण्डीस्थित कोरोना अस्पताल ल्याइएको थियो। घर्तीको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिए।

कोरोनाको दोस्रो लहरसँगै रोल्पामा मृत्यु हुने घर्ती हालसम्मकै उच्च तहको राजनीतिक नेतृ हुन्। यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाले ज्यान गुमाइसकेका छन्।

जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारीअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३८ पुगेको छ। तीमध्ये ८३ जना जिल्लाभित्र रहेका विभिन्न आइसोलेशनमा छन् भने ४५० जना होमआइसोलेशनमा बसेका छन्।

सङ्क्रमितमध्ये ६५ जना निको भइसकेका छन् । जिल्लामा आइसीयू र भेन्टिलेटरको व्यवस्था भने हालसम्म हुनसकेको छैन। जिल्ला अस्पतालका साथै सबै स्थानीय तहहरुले आइसोलेशन स्थापना गरे पनि अक्सिजन सिलिण्डरको समस्या उस्तै छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad