समाज


अध्यागमन विभागका अधिकांश सेवा बन्द, विमानस्थलबाटै भिसा नियमित गरिने

अध्यागमन विभागका अधिकांश सेवा बन्द, विमानस्थलबाटै भिसा नियमित गरिने

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १०:२७,

अध्यागमन विभागले बिहीबारबाट अधिकांश सेवा स्थगन गरेको छ।

कोभिड १९ को दोस्रो लहरको जोखिम बढ्दै गएपछि अधिकांश सेवा स्थगन गरेको विभागले जनाएको छ।

नेपालमा अलपत्र परेका विदेशीहरुको प्रस्थान सहजीकरणसम्बन्धी कार्य भने नियमित हुने विभागले जनाएको छ।

त्यस्तै कारागार तथा अन्य निकायबाट जिम्मा लगाइएका विदेशीहरुको निष्काशनसम्बन्धी कार्य र नेपालमा जन्म भई विदेशी राहदानी प्राप्त गरेका नाबालक यसै अवधिमा विदेश प्रस्थान गर्ने भएमा निजलाई प्रदान गरिने प्रवेश भिसासम्बन्धी कार्य भने यथावत् छन्।

निषेधाज्ञाको अवधिमा नेपालबाहिर प्रस्थान गर्ने विदेशीहको हकमा प्रस्थानको समयमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलबाट नै भिसा नियमित गर्न सकिने विभागले जनाएको छ।

नेपालमा नै रहने विदेशीहरुको हकमा भने अध्यागमन विभागको सेवा सुचारु भएपश्चात् काम हुनेछ।

सेवा बन्द भएको अवधिमा अत्यावश्यक परी भिसा नियमित गर्नुपर्ने, पदयात्रा अनुमति लिनुपर्ने वा अन्य कुनै सेवा लिनुपर्ने भएका अध्यागमन विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .