कारोबार


कोरोना निको भएर डिस्चार्ज गर्ने बेलामा टेन्सबर्ग बियरका मालिकको निधन

कोरोना निको भएर डिस्चार्ज गर्ने बेलामा टेन्सबर्ग बियरका मालिकको निधन

नेपालखबर
जेठ ६, २०७८ बिहिबार १०:१८,

टेन्सबर्ग उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको निधन भएको छ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान उनको निधन भएको हो।

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार कोरोना उपचारपछि डिस्चार्ज गर्ने समयमा उनको निधन भएको हो।

कोरोना संक्रमण देखिएपछि उनी लामो समयसम्म अस्पतालमा भर्ना भएका थिए। तर केही दिनअघि उनको रिपोर्ट नेगेटिभ आएको थियो।

डिस्चार्ज हुने अवस्थामा पुगिसकेका बेला उनलाई पुनः गाह्रो भएपछि अस्पतालमा नै राखेर उपचारलाई निरन्तरता दिइएको थियो। सोही क्रममा उनको आज निधन भएको हो।

खड्काकी श्रीमतीको समेत केही दिनअघि निधन भएको थियो।

५३ वर्षीय खड्काका २ छोरा र १ छोरी रहेका छन्।

तेजेन्द्र खड्का र दुर्गा प्रसाईको संयुक्त लगानीमा मार्सी बियरको समेत उत्पादन सुरु भएको छ। माफिया ह्विस्की र डन इनर्जी ड्रिंक्स समेत उत्पादनको चरणमा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad