काभ्रेमा बारीमा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
चौरीदेउराली गाउँपालिका–७ गोठपानी बस्ने २२ वर्षीया सुमिना गुरुङको आफ्नै घरदेखि करिब १ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि उनकै श्रीमान २८ वर्षीय सोनाम लामा र सोनामका बुबा ६६ वर्षीय चन्द्रबहादुर लामालाई नियन्त्रणमा लिएको छ।
यस सम्बन्धमा प्रहरीले थपअनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया