चीनमा अहिलेसम्म कोरोना भाइरसविरुद्ध ४३ करोड ५० लाख डोज खोप लगाइएको छ।
राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनका कतिपय ठाउँमा स्थानीयस्तरमा कोभिड–१९ सङ्क्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई थप तीव्र बनाइएको हो।
दैनिक खोप लगाउने दर यही मे १७ तारिखदेखि झण्डै दोब्बर बनाइएको पनि आयोगले जनाएको छ । यी दिनमा दैनिक एक करोड २० लाखभन्दा बढी डोज खोप लगाइएको छ।
विश्वमै बढी खोप लगाउने मुलुकको रेकर्ड समेत चीनले बनाएको छ । संयुक्तराज्य अमेरिकामा हालसम्म बालबालिका बाहेक खोप लगाउन योग्य जनसंख्याको झण्डै ५७ प्रतिशत अर्थात् १५ करोड ८४ लाखले करिब २८ करोड डोज खोप लगाएका अमेरिकी अधिकारीहरुले जनाएका छन्।
विश्वभर हाल कोभिड–१९ विरुद्धको एक अर्ब ५३ करोड डोज खोप लगाइएको छ।
कोरोनाभाइरस महामारीका कारण विश्वभर ३४ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १६ करोड ४३ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्। एजेन्सी

प्रतिक्रिया