महोत्तरी जिल्लाको भंगाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ महिला मिलेर मानव मलमूत्र खुवाएका छन्।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भंगाहा नपा–४ विर्ता गाउँ बस्ने ३५ वर्षीया महिलालाई सवितादेवी, पोशिला दनुवार, ईन्दुदेवी सिंह दनुवार, सुकेश्वरीदेवी र राजेश्री दनुवारलगायतले बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाएका थिए।
सो घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुग्दा उनको शरीरबाट दिशाको गन्ध आइरहेको पाइएकाले उद्धार गरी उपचारका लागि अस्तपताल पठाएको थियो। घ
टनामा संलग्न रहेकामध्ये सुकेश्वरीदेवी र राजेश्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगेका छन् भने अन्य महिलाको खोजी भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए। रासस
Shares

प्रतिक्रिया