कारोबार


आइएमई लाइफ इन्स्योरेन्सकाे दाेस्राे वार्षिकाेत्सव, ९१ करोड बीमाशुल्क संकलन

आइएमई लाइफ इन्स्योरेन्सकाे दाेस्राे वार्षिकाेत्सव, ९१ करोड बीमाशुल्क संकलन

नेपालखबर
भदौ १, २०७६ आइतबार ११:४५,

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको व्यावसायिक कारोबार विधिवत् रुपमा सञ्चालन भएको दुई वर्ष पूरा भएको छ। कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सव मनाएको छ।

उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए। चालू आव २०७६/०७७ मा थप शाखा विस्तार गरिने बताए। उनले शाखा विस्तार गरी बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहुँचलाई सर्वसुलभ, छिटोछरितो सेवा पुर्याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको व्यवस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने जानकारी दिए।

कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरु पूरा गरी सर्वसाधारणका लागि सेयर जारी गरिने समेत उनकाे भनाइ छ। साथै आर्थिक पहुँच र वित्तीय साक्षरता बढाउने काममा कम्पनीले सहयोग गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

सोही अवसरमा कम्पनीले विभिन्न संघ/संस्था तथा त्यसका कर्मचारी तथा सदस्यहरुको सुविधा तथा लाभलाई मध्यनजर गरी भर्खरै बीमा समितिवाट स्वीकृतिप्राप्त नयाँ जीवन बीमालेख आइएमई सामूहिक सावधिक बोनससहितको जीबन बीमा योजना सार्वजनिक गर्योे।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जीवन बीमा व्यवसायमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ताको लागि आकर्षक एवं उत्प्रेरक विविध प्रोत्साहन योजनाहरु कार्यान्वयन गरिने जानकारी दिए। उनले सञ्चालन भएदेखि नै कम्पनीको सफलतामा हरतरहले सहयोग गरेकाे भन्दै नियमनकारी निकाय बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, सरोकारवाला सम्पूर्ण निकायहरु, सञ्चालक समितिका सदस्यहरु, सस्थापक सेयरधनी, कर्मचारीहरु, अभिकर्ताहरुप्रति कम्पनीले धन्यवाद ज्ञापन गरेकाे बताए।

व्यवसाय सुचारु भएको दोस्रो वर्षसम्ममा कम्पनीले देशका सातै प्रदेशका विभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरी बीमा सेवा पुर्याउँदै आएको छ। कम्पनीले यस आर्थिक वर्ष २०७६/०७७ मा थप शाखा/उपशाखाहरु विस्तार गरी बीमाको पहुँच तथा सेवा दिने योजना रहेको जानकारी गराएको छ। साथै, कम्पनीले आर्थिक वर्ष २०७५/०७६ मा ९१ करोड बीमाशुल्क संकलन गर्न सफल भएको जानकारी पनि गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad