चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
भरतपुर महानगरपालिका-८ स्थित वनदेवी सामुदायिक वनमा निउरो टिप्न गएकी वर्ष ४२ की महिलालाई बाघले आक्रमण गरि घाइते बनाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
यता, सर्लाहीको लालबन्दी नगरपालिका–१० चन्द्रपुरमा एक घर हात्तीले भत्काइदिएको छ।
राति आएका तीनवटा हात्तीले घरको बेरा भत्काउनुका साथै अन्नपात खाइदिएका छन्।
प्रतिक्रिया