समाज


भारतमा घट्यो कोरोनाको प्रभावः संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको दर बढी

भारतमा घट्यो कोरोनाको प्रभावः संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको दर बढी

नेपालखबर
जेठ २, २०७८ आइतबार ७:११,

एकहप्ता अगाडिसम्म दैनिक ४ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित हुँदै आएका थिए।

यतिबेला त्यहाँ ३ लाखको दरले कोरोना संक्रमित थपिरहेका हुन्।

यस्तै अहिले संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको दर बढी भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा भारतमा ३ लाख ११ हजार १७० व्यक्ति कोरोनाबाट सांक्रमित बने।

सोही अवधिमा ३ लाख ६२ हजार ४३७ मानिस कोरोनामुक्त भएको बताइएको छ। अर्थात् संक्रमित हुनेभन्दा कोरोनामुक्त हुनेको दर बढी भएको छ।

यस्तै एकैदिनमा त्यहाँ ४ हजार ७७ कोरोना संक्रमितले ज्यान गुमाएको पनि जानकारी दिइएको छ।

समग्रमा भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४६ लाख पुगेको छ भने त्यहाँ दुई लाख ७० हजारको मृत्यु भइसहेको छ।

विश्वकै दोस्रो ठूलो जनसंख्या भारतमा अहिले ३६ लाख कोरोना संक्रमित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad