सरकारले साविककै नियमित ढुवानी प्रक्रियाबाट अस्पताललाई अक्सिजन ढुवानी गरिदिन उद्योगहरुसँग आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले शुक्रबार प्रकाशित गरेको सूचनामा अर्को व्यवस्था नभएसम्म साविककै प्रक्रियाबाट ढुवानीको व्यवस्था मिलाउन भनिएको छ।
सूचनामा भनिएको छ, ‘अर्को व्यवस्था नभएसम्म उद्योगबाट अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराइदिनहुन तथा आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीहरुको निर्णय र निर्देशन अनुसार स्थानीय प्रशासनहरुसँग सहकार्य र सरोकारवाला अन्य निकायहरुको समन्वयमा गराइदिनहुन अनुरोध छ’
3
Shares
प्रतिक्रिया