समाज


मोटरसाइकलको ठक्करले बालकको मृत्यु भएपछि फरार भएका वडाअध्यक्ष पक्राउ

मोटरसाइकलको ठक्करले बालकको मृत्यु भएपछि फरार भएका वडाअध्यक्ष पक्राउ

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ४:३३,

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि फरार भएका सर्लाहीको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्।

वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय एक बालकको मृत्यु भएको थियो। दुर्घटना लगत्तै फरार भएका वडाध्यक्ष यादवलाई बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

बरथवा नगरपालिका–३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नम्बरको भारतीय मोटरसाइकलले चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको थियो।

घाइते बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भाटले बताए। पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad