राजनीति


ककसलाई मन्त्री बनाउने? छलफल गर्दै ओली

ककसलाई मन्त्री बनाउने? छलफल गर्दै ओली

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ४:३२,

बहुमतको सरकार बनाउन विपक्षी दल असफल भएपछि पुनः नियुक्ति पाउन सफल प्रधानमन्त्री ओलीले आज (शुक्रबार) दिउँसो शपथ ग्रहण गर्ने कार्यक्रम छ।

वैशाख २७ गते संसदमा विश्वासको मत पाउन नसकेपछि पदबाट बाहिरिएका ओलीलाई संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति पुनः प्रधानमन्त्री चयन गरेकी हुन्।

यसअघि विश्वासको मत नपाउँदा ओलीसँगै उनको नेतृत्वको सरकार पनि कामचलाउ भइसकेको छ। त्यसैले आज उनले शपथ ग्रहण गर्नुअघि नयाँ मन्त्री नियुक्ति तथा पुराना मन्त्रीलाई पुनःनियुक्ति गर्नुपर्नेछ।

यसर्थ प्रधानमन्त्री ओली अहिले ककसलाई मन्त्री बनाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुट्न लागेका छन्।

स्रोतका अनुसार त्यसका लागि ओलीले आफूनिकट नेताहरूलाई प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)  बोलाएका छन्।

ओलीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ।

यी पनि : 

नयाँ मन्त्रिपरिषदमा नेपाल पक्षका नेता पनि समेटिने

२ वर्ष ओलीले नै निरन्तरता पाउने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad