राजनीति


भुटानजस्तो छिमेकी पाउनु सौभाग्यको विषय होः मोदी

भुटानजस्तो छिमेकी पाउनु सौभाग्यको विषय होः मोदी

नेपालखबर
भदौ १, २०७६ आइतबार ७:४९,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भुटान भ्रमणमा छन्। शनिबार दुईदिनका लागि मोदी भुटान पुगेका हुन्।

प्रधानमन्त्री पदमा दोस्रोपटक निर्वाचित भएका मोदीको यो दोस्रो भुटान भ्रमण हो। छिमेकी पहिलो नीतिअनुसार मोदी भुटान पुगेका हुन्।

आइतबार अन्तिम दिन मोदी भुटानमा रहनेछन्। उनले त्यहाँ विभिन्न सम्झौतामा हस्ताक्षर गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

प्रधानमन्त्री मोदीले भुटानमा संवोधन गर्दै भनेका छन्,‘भुटान हाम्रो छिमेकी राष्ट्र हुनु सौभाग्यको विषय हो। यो हाम्रो लागि गर्वको विषय हो, हामी भुटानको विकासमा समावेश छौं।’

उनले भने,‘भारतका १ सय ३० करोड नागरिकको मनमा भुटानको विशेष स्थान छ।’ प्रधानमन्त्री मोदी र भुटानका समकक्षी लोटे सेरिङले पाँच परियोजनाको उद्घाटन गरेका छन्।

दुवै देशले ९ ठूला सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ। विमान दुर्घटना र अनुसन्धानका बारेमा सम्झौता भएका छन्। साथै विशवविद्यालय, टेलिकम, सूचना तथा प्रविधिका विषयमा सम्झौता भएको उल्लखे गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad