गएको २४ घण्टामा नेपालमा ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२० हजार २४५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज २१४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।नेपाली सेनाले विभिन्न मितिमा संकलन गरेको शवको विवरणसहित २१४ को ज्यान गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यो सहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ४४६ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, आज ५ हजार ५५ जना संक्रमुक्त भएर घर फर्किएका छन्।
यो सहित नेपालमा हालसम्म ३ लाख २१ हजार ५१८ जना कोरोना मुक्त भएका छन् भने नेपालमा जम्मा ४ लाख ३१ हजार १९२ जनामा संक्रमण पुष्टि भएको छ।
3
Shares

प्रतिक्रिया