समाज


अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई १५ दिन म्याद

अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई १५ दिन म्याद

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १२:९,

सरकारले अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई १५ दिनको समय दिँदै सूचना जारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिनभित्रमा अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकारी दिन भनेको हो।

एक सय बेडभन्दा माथिका निजी अस्पतालले अनिवार्य अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको हो।

अक्सिजन प्लान्टमा सरकारले भन्सार छुट दिने भएको छ। यस्तै आवश्यक सहजीकरण र जहाजको व्यवस्थापनमा पनि सहयोग गर्ने भएको छ।

कोरोना संक्रमणका बिरामी बढ्दै गएपछि अक्सिजनको हाहाकार भएको छ।

मन्त्रालयको बुधबार बसेको बैठकले निजी अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्नु पर्ने निर्णय गरेको थियो।

oxygen plant nirdeshan

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad