कोरोना संक्रमित बिरामीको उपचारमा अक्सिजनको चरम अभाव भएपछि सरकारले ओमानबाट अक्सिजन सिलिण्डर ल्याउने तयारी गरेको छ।
अक्सिजन सिलिन्डर लिन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज शनिबार ओमान जाँदैछ। जहाजले ६ सय थान अक्सिजन सिलिण्डर ल्याउने निगमले जनाएको छ।
गैर आवासिय नेपाली संघको सहयोग र नेपाली दुतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएको करिव ६०० थान अक्सिजन सिलिन्डर लिन आगामी शनिवार वाइडबडी ओमानको राजधानी मस्कट जाने तयारी भएको निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार ओमानबाट शनिबार नै वाइडबडी नेपाल फर्किएर चीनको बेइजिङ जाने छ। शनिबारै चीनबाट करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य आवश्यक सामाग्री ल्याइने पौडेलले बताए।
‘आइतबारदेखि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले प्रत्येक दिन वाइडबडी बिमान बेइजिङ पठाउने छ,’ पौडेले भने, ‘अन्यत्रबाट उपलब्ध हुन सक्ने सहायताका स्वास्थ्य सामग्री पनि ल्याने छ। त्यसका लागि निगमका सबै जहाजह तयारी अवस्थामा राखिएको छ।’

प्रतिक्रिया