ad ad

समाज


अरुण तेस्रोको सुरुङभित्र ढुंगा खस्दा मजदुरको मृत्यु, एक घाइते

अरुण तेस्रोको सुरुङभित्र ढुंगा खस्दा मजदुरको मृत्यु, एक घाइते

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ९:२,

संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

अर्का एक जना घाइते भएका छन्।

आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुंगा (लुज) खस्दा बुधबार सुरुङ भित्र काम गर्ने शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको हो।

सोही ढुंगाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु राना घाइते भएको प्रदेश नं १ प्रहरी कार्यालयले जनाएको छ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .