ad ad

राजनीति


राष्ट्रिय जनमोर्चाले गर्‍यो कृष्ण थापालाई कारबाही, संसदीय दलको नेताबाट पदमुक्त

राष्ट्रिय जनमोर्चाले गर्‍यो कृष्ण थापालाई कारबाही, संसदीय दलको नेताबाट पदमुक्त

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ८:५७,

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा सो पार्टीका सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ।

सो प्रदेशमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा प्रस्तावित नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई भोट दिने पार्टीको निर्णय नमानेका कारण उनलाई कारबाही गरिएको जनमोर्चाका महासचिव मनोज भट्टले बताएका छन्।

गत बैशाख १० गते थापा समेतको उपस्थितिमा बसेको दलको केन्द्रको र बैशाख १२ गते थापाको अध्यक्षतामा बसेको राष्ट्रिय जनमोर्चाको संसदीय दलको बैठकले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसहित मिलेर सरकार निर्माण गर्ने प्रस्तावलाई समर्थन गर्ने निर्णय भएको भट्टद्वारा प्रदेश सभा सचिवालयमा बुझाइएको पत्रमा उल्लेख छ।

‘निर्णयका विरुद्ध कार्य गरी दलको निर्णय विपरित काम कारबाहीमा संलग्न रहनु भएकोले आज मिति २०७८ साल बैशाख २९ गते माननीय कृष्ण थापालाई पार्टीको निर्देशन विपरित कार्य गरेकोले तपाईलाई संसदीय दलको नेताबाट हटाइ अन्य आवश्यक कारबाही किन नगर्ने? सम्बन्धमा स्पष्टीकरण माग गरिएको थियो,’ सो पत्रमा उल्लेख छ।

तर थापाले अटेर गरी स्पष्टीकरण नबुझाएकोले आज बुधबार नै बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको जुम बैठकले उनलाई तत्काल संसदीय दलको नेताबाट हटाइ सोको विवरण सचेतक मार्फत् संसद सचिवालयमा बुझाउने निर्णय गरिएको समेत महासचिव भट्टले जानकारी दिएका छन्।

यो पनिः हाम्रा सांसद बिक्री भएछन्- जनमोर्चा अध्यक्ष केसी (अन्तर्वार्ता)

janamorcha letter 1

यो पनि : 
गण्डकी प्रदेश : जनमोर्चाका सांसद थापाद्वारा कांग्रेस नेतृत्वको विपक्षी मोर्चालाई सघाउन अस्वीकार 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .