समाज


कोरोनाबाट गण्डकी प्रदेशमा थप १२ जनाको ज्यान गयो

कोरोनाबाट गण्डकी प्रदेशमा थप १२ जनाको ज्यान गयो

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ७:१७,

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।

कास्कीका ६ जना, म्याग्दीका २ जना तथा स्याङ्जा र तनहुँका एक एक जनाको ज्यान गएको हो।

पोखरामा उपचाररत रुपन्देहीका २ जनाको पनि निधन भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाएका छन्।

विज्ञप्तिअनुसार मृत्यु हुनेमा म्याग्दीको बेनी नगरपालिका १ का ६० र बेनी ९ कै ५४ वर्षीय पुरुष रहेका छन्।

कास्कीको हकमा पोखरा महानगर १ का ६८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा १६ की ६० वर्षीय महिलाको पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरा ६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पताल, पोखरा ६ कै ३२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेज, पोखरा ८ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल र २१ का ८० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो।

निर्देशनालयले मंगलबार दिउँसो जारी गरेको सूचनामा सो जानकारी दिएको हो।

गण्डकीमा हालसम्म कोरोनाबाट २ सय ८८ जनाको मृत्यु भएको छ भने पछिल्लो वैशाखयता निधन हुनेको संख्या ८० पुगेको छ।

Ganaki notice28Baisakh 1

Ganaki notice28Baisakh 2

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad