राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले पीसीआर परीक्षण स्थगित गरेको छ।
अस्पतालका निर्देशकले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि भन्दै पीसीआर परीक्षण रोकेका हुन्।
विशेष कारणवश रोकिएको जनाए पनि अस्पतालले प्रस्ट कारण खुलाएको छैन।
अस्पतालको आधिकारिक फेसबुक पेजमा पनि सो सूचना प्रकाशन गरिएको छ।


प्रतिक्रिया