समाज


पूर्वप्रधानमन्त्री खनाल आज डिस्चार्ज हुने

पूर्वप्रधानमन्त्री खनाल आज डिस्चार्ज हुने

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ६:१९,

कोरोना संक्रमणपछि उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज हुने भएका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि वैशाख १८ गते उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए।

खनाललाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो।

नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो।

उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको र २ दिनअघि गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad