उपत्यकाको ठूलो तरकारी बजार आजदेखि नयाँ मापदण्डमा खुल्ने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै कृषकबजार, खुद्रा बजार र थोक बजारमा हुने सबै खुद्रा कारोबार क्रमशः वैशाख २८, ३० र २९ गतेदेखि बन्द गरिनलागेको जनाएको हो।
समितिका अनुसार थोक बजारमा प्याकेजिङ गरेर मात्रै बिक्रीवितरण गर्नुपर्नेछ।
त्यस्तै एउटा थोक पसलमा अधिकतम २ जना मात्र बसी सामाजिक दूरी कायम गर्दै सबै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्न निर्देशन दिइएको छ।
बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा पूर्ण बन्देज लगाइएको समितिले जनाएको छ।
ठूला कृषकहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्सन यार्ड÷होल्डिङ यार्डमा अक्सन कारोबार गर्न सक्नेछन्।


प्रतिक्रिया