दाङको तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार सुरु भएको छ।
अक्सिजन सहितको ५० बेडको अस्पतालको सम्पूर्ण तयारी पुरा भएपछि सोमबार रातिदेखि सेवा सुरु भएको हो।
अस्पतालमा पहिलो दिन तुलसीपुर उपमहानगरपालिका–८ र तुलसीपुर उपमहानगरपालिका –६ का दुईजना कोरोना संक्रमित बिरामी भर्ना भएका छन्।
निरन्तरको मेहनत र संघर्षपछि तुलसीपुर कोरोना आइसोलेसन अस्पताल संचालनमा आएको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिए।

प्रतिक्रिया