खेल


धनगढी र काठमाडौंको नजर फाइनलमा

धनगढी र काठमाडौंको नजर फाइनलमा

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार ५:५२,

नेपाल सुपर (एनएसएल) लिगको प्ले–अफको पहिलो खेलमा मंगलबार शीर्ष स्थानको काठमाडौं रेजर्स र दोस्रो स्थानको धनगढी सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै छ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ।

आजको खेलमा जित हात पार्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले एलिमिनेटर खेल्ने मौका पाउनेछ।

लिग चरणको खेलमा धनगढीले काठमाडौंलाई ३–० को गोल अन्तरले पराजित गरेको थियो। काठमाडौं सोही हारको बदला लिँदै फाइनलमा पुग्न चाहन्छ।

काठमाडौका प्रशिक्षक बालगोपाल महर्जनले आफूहरुको खेलमा सुधार हुँदै गएकाले धनगढीविरुद्ध राम्रो नतिजाको अपेक्षामा रहेको बताएका छन्।

प्ले–अफको खेलको लागि आफूहरु उत्साहित रहेको र उच्च मनोबलका साथ मैदान उत्रिने महर्जनले बताए।

काठमाडौंका मार्की खेलाडी तथा कप्तान विकेश कुथुले आफुहरु जितकै लागि मैदान उत्रिने बताए।

यता धनगढी भने लिग चरणको खेलको नतिजालाई नै निरन्तरता दिने योजनामा छ।

dhangadhi vs ktm2021 5 11a

धनगढीका प्रशिक्षक तोपे फुजाले काठमाडौंविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने र टिमले गोल निकाल्नेमा ध्यान दिने बताए। आफुहरु फाइनल खेल्ने रणनीतिमा नै मैदान उत्रिने फुजाले बताए।

धनगढीका कप्तान तथा आइकोनिक खेलाडी किरण चेम्जोङले आफुहरु मानसिक रूपमा तयार रहेकोे बताए।

आजको खेलमा पराजित हुने टोलीले आगामी २९ गते ललितपुर सिटी फुटबल क्लव र बुटवल लुम्बिनीबीचको विजेतासँग एलिमिनेटर खेल्नेछ। एलिमिनेटर खेल ३० गते हुनेछ। फाइनल खेल जेठ १ गते हुनेछ।

नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी लिगमा ७ फ्रेन्चाइज सहरका ७ टोलीको सहभागिता रहेको छ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन्।

लिगको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्रँप्त गर्नेछन्। व्यक्तिगत विधाका उत्कृष्ट र उदीयमान खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad