समाज


अस्पतालहरुलाई तोकियो अक्सिजनको कोटा, सबैभन्दा धेरै पाउनेमा वीर

अस्पतालहरुलाई तोकियो अक्सिजनको कोटा, सबैभन्दा धेरै पाउनेमा वीर

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार २:५८,

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पतालहरुलाई अक्सिजनको कोटा तोकिदिएको छ।

कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव हुन थालेपछि सीसीएमसीले अस्पतालहहरुलाई अक्सिजनको कोटा निर्धारण गरिदिएको हो।

अब देशका नौ वटा अक्सिजन उद्योगले दैनिक रुपमा तोकिएको कोटाका आधारमा मात्रै अस्पतालहरुलाई अक्सिजन दिन पाउनेछन्। सीसीएमसीको कोटाअनुसार अब वीर अस्पतालले सबैभन्दा धेरै अक्सिजन पाउने छ।

वीरले काभ्रेको नवजीवन उद्योगबाट दैनिक तीन सय सिलिण्डर अक्सिजन पाउने सीसीएमसीले जनाएको छ।

त्यसैगरी ललितपुरको पाटन अस्पतालले सगरमाथा अक्सिजन उद्योगबाट दैनिक दुई सय सिलिण्डर अक्सिजन पाउनेछ भने काठमाडौँ मेडिकल कलेज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र एपीएफ अस्पताले दैनिक एक सय ५० सिलिण्डरका दरले अक्सिजन पाउनेछन्।

समयमै अक्सिजन र शय्या नपाउँदा कोरोना संक्रमितले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुन थालेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad