‘न्यायका लागि मानवअधिकार’ ले स्वास्थ्य सामग्री खरिदमा अवरोध पुर्याउने विचौलिया तथा भ्रष्टाचारमा संलग्नमाथि कारबाही गर्न माग गरेको छ।
सोमबार विज्ञप्ति प्रकाशित गरी ‘कोभिड–१९ को महामारी फैलिएसँगै खोपमा कमिसन र अवरुद्ध, औषधि, अक्सिजन, एम्वुलेन्स र हेलिकप्टरमा कालाबजारी, निजी स्वास्थ्य केन्द्रहरुको मनोमानी शुल्क तथा संक्रमितको उचित उपचार र स्वास्थ्य उपकरणको अभावप्रति संजालको गम्भीर ध्यान आकृष्ट भएको जनाएको छ।
‘कानून, संविधान तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय कानूनहरुले नेपाली नागरिकलाई स्वास्थ्य अधिकार मौलिक मानव अधिकारको रुपमा प्रत्याभूत गदा गर्दै पनि जनस्वास्थ्यको उचित पबन्ध गर्दै अनियमितता उपर नियमन र कारवाही गर्नुको सट्टा विभिन्न वहानामा, नागरिक उपर भइरहेको चरम शोषणलाई सरकारले मौन स्विकृती प्रदान गरेको’ विज्ञप्तिमा उल्लेख छ।
संजालले भ्रष्टाचारमा संलग्नहरुमाथि कारबाही गर्न तथा कोरोना संक्रमित बिरामीको प्रभावकारी उपचार गर्न पनि माग गरेको छ।

प्रतिक्रिया