समाज


सास फेर्न नसकेको भन्दै रामदेवले कोरोना संक्रमितको मजाक उडाएपछि‍‍‍...(भिडिओ)

सास फेर्न नसकेको भन्दै रामदेवले कोरोना संक्रमितको मजाक उडाएपछि‍‍‍...(भिडिओ)

नेपालखबर
बैशाख २६, २०७८ आइतबार ८:४१,

हालै सार्वजनिक भएको एउटा भिडिओमा उनले भनेका छन्,‘भगवानले हामीलाई निशुल्क अक्सिजन दिएका छन् त्यहीँपनि मानिसहरुलाई सास फेर्न गाह्रो भइरहेको छ।’

सास फेर्न नसकेर मानिसहरु बाहिर सिलिन्डर खोजिरहेको पनि उल्लेख गरेका छन्।

हाल भारत कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्र हो। यहाँ दैनिक ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन् र सोही अवधिमा यहाँ ४ हजारको ज्यान गइरहेको छ।

एकैपटक धेरै कोरोना संक्रमित थपिएपछि स्वासप्रस्वासको समस्या देखिएका मानिसहरुलाई अक्सिजन अपरिहार्य छ।

अक्सिजन अभावकै कारण यहाँ धेरै मानिसहरुले ज्यान गुमाइरहेको समयमा रावदेवले कोरोना संक्रमितले सास फेर्न नसकेको भनेर मजाक उडाएपछि उनको भारतभर आलोचना भइरहेको छ।

उनले सास फेरेर देखाउँदै आफ्नो शरीरमा अक्सिजन यसरी भर्नुपर्छ पनि भनेका छन्। रावदेशवको भनाइ अमानवीय र गैरिजिम्मेवारपूर्ण भएको भनेर सामाजिक सन्जालमा प्रतिक्रिया आइरहेको छ।

यसअघि रामदेवले कोरोनाविरुद्धको आयुर्वेदिक औषधि बनाएको दाबी गरेका थिए।

तर उक्त औषधिलाई भारतको औषधि नियामक संस्थाले अनुमति दिएको छैन।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .