ad ad

समाज


कोरोना कहर : बाँके, रुपन्देही र दाङमा थप ८ जनाको मृत्यु

कोरोना कहर : बाँके, रुपन्देही र दाङमा थप ८ जनाको मृत्यु

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ५:९,

कोरोना भाइरस सङ्क्रमणका कारण बाँके, रुपन्देही र मा थप आठ जनाको मृत्यु भएको छ।

भेरी अस्पतालमा चार, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका बुटवल– १ का ४८ वर्षका पुरुषको गएराति ११ बजे मृत्यु भएको हो भने गत २२ गते नै भर्ना भएकी बुटवल –११ कालिकानगरकी ३० वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५५ पुगेको छ।

यसैगरी बाँकेमा मृत्यु हुनेमा चारजना नेपालगञ्ज र एकजना बर्दियाका रहेका जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले जानकारी दिए।

नेपालगञ्जस्थित भेरी अस्पतालमा वैशाख १६ गते भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ निवासी ३८ वर्षीया महिलाको शनिबार बिहान, बैशाख २१ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ निवासी ६४ वर्षीय पुरुषको गएराति, वैशाख २४ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १२ निवासी ६७ वर्षीय पुरुष र वैशाख २३ गते भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ निवासी ५२ वर्षीय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० निवासी ३८ वर्षीया महिला शनिबार बिहान मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ७४ पुगेको छ।

बाहिरी जिल्लाबाट उपचारका लागि नेपालगञ्ज आएका एक सय ३१ जनाको पनि मृत्यु भएको छ।

त्यसैगरी दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.५ का ६७ वर्षीय पुरूषको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका ब्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए। राससको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .