राजनीति


राष्ट्रिय सभा उपनिर्वाचन : चार दलिय गठबन्धनलाई ‘निर्दलिय’ भन्दै बाँस्कोटाले गरे यस्तो व्यंग्य

राष्ट्रिय सभा उपनिर्वाचन : चार दलिय गठबन्धनलाई ‘निर्दलिय’ भन्दै बाँस्कोटाले गरे यस्तो व्यंग्य

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ४:४३,

नेकपा (एमाले)को ओली समूहका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको उपनिर्वाचनमा कांग्रेस-माओवादी केन्द्रसहितका दलले गरेको गठबन्धनलाई ‘चटक’ भन्दै व्यंग्य गरेका छन्।

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभाको एक पदको लागि आगामी ६ जेठमा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचना कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) ले सहकार्य गर्ने सहमती गरेका छन्।

उनीहरुले साझा उम्मेदवारको रुपमा डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन्। एमालेले भने गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ लाई उम्मेदबार बनाएको छ।

बाँस्कोटाले डा.देवकोटा निर्दलिय उम्मेदबार बनेर चुनावमा लड्न लागेको भन्दै व्यंग्य गरेका हुन्।

गठबन्धनका उम्मेदवार देवकोटाले रुख अथवा गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह नपाउने भन्दै उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उमेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ? एक एमाले बिरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा! शायद आउने चुनाबको युद्धअभ्यास होला!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .