नुवाकोटको विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गएराति मस्तिष्काघातका कारण मृत्यु भएको छ।
पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए।
बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंं लगिएको थियो। भण्डारीका उपचारका लागि न्युरो अस्पताल पु-याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो।
नेकपा (एमाले) बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताए।
उनको निधनमा शोक व्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरियो। रासस

प्रतिक्रिया