समाज


उपत्यकामा एकै दिन थपिए ४ हजार बढी संक्रमित

उपत्यकामा एकै दिन थपिए ४ हजार बढी संक्रमित

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १२:२३,

काठमाडौं उपत्यकामा गएको २४ घण्टामा ४ हजार एक सय जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ गरी उपत्यकामा ४ हजार एक सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, काठमाडौंमा २५ हजार ९४० जना सक्रिय संक्रमित छने भने ललितपुरमा ५ हजार ४२९ र भक्तपुरमा ३ हजार २५२ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्‍यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad