विश्वमा सबैभन्दा पहिले कोरोना खोप बनाएको रुसले फेरि पहिलो ‘सिंगल डोज’वाला खोप बनाएर देखाएको छ।
अहिलेसम्मका कोरोना खोप दुई डोज लगाउनुपर्ने खालका मात्र छन्।
यस अवस्थामा रुसले एक डोज मात्र लगाउँदा मात्रा पूरा हुने ‘स्पुतनिक लाइट’ खोप बनाएको हो। यो प्रयोगका लागि अनुमतिसमेत प्रदान गरिसकिएको त्यहाँका स्वास्थ्य अधिकारीले बिहीबार जानकारी दिएका हुन्।
रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का अनुसार यसअघिको दुई मात्रा लिनुपर्ने स्पुतनिक-भीको प्रभावकारिता ९१.६ प्रतिशत छ भने अहिलेको एक मात्रा लगाउनुपर्ने ‘स्पुतनिक लाइट’ ७९.४ प्रतिशत प्रभावकारी देखिएको छ।
रुसले पहिले बनाएको स्पुतनिक-भी खोपकै एक मात्रा मात्र लिँदा पुग्ने अर्काे संस्करण ‘स्पुतनिक लाइट’ विकास गरेको हो। यसले महामारी रोक्नमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यसको मूल्य प्रतिडोज १० डलर अर्थात् नेपाली रुपैयाँ ११८० भन्दा कम पर्ने आरडीआईएफले जनाएको छ।एजेन्सी
Shares

प्रतिक्रिया