समाज


अकोराब प्रदेश २ समितिद्वारा सामुदायिक रेडियोहरूलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

अकोराब प्रदेश २ समितिद्वारा सामुदायिक रेडियोहरूलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १४:२४,

प्रदेश २ का सामुदायिक रेडियोहरूमा कार्यरत सञ्चारकर्मी तथा कर्मचारी कोरोनाबाट सुरक्षित रहुन् भन्ने उद्देश्यले सामुदायिक रेडियो प्रसारसक संघ (अकोराब) को प्रदेश २ समितिले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिरहेको छ।

अकोराब प्रदेश २ समितिका सचिव अच्युत पौडेलको पहलमा आर्थिक स्रोत जुटाई प्रदेशभित्रका सामुदायिक रेडियोहरूलाई फेस सेड, सेनिटाइजर र मास्क वितरण अभियान सञ्चालन गरिएको हो।

यस क्रममा अहिलेसम्म सर्लाही, महोत्तरी, रौतहट, बारा, सप्तरी, धनुषा, सिरहाका सामुदायिक रेडियोलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएसकिएको सामुदायिक रेडियो सर्लाहीका व्यवस्थाक अच्युतम सापकोटाले नेपालखबरलाई जानकारी दिए।

अकोराबका प्रदेश सचिव पौडेल, कोषाध्यक्ष वसन्त शर्मा र सापकोटा संलग्न टोलीले सामुदायिक रेडियोहरूमै पुगेर स्वास्थ्य सामग्री वितरण गरेको हो।

अब पर्सा जिल्लाका सामुदायिक रेडियोहरूलाई मात्र यी स्वास्थ्य सुरक्षाका सामग्री दिन बाँकी रहेको र त्यहाँ भोलि शुक्रबार जाने कार्यक्रम रहेको अकोराब प्रदेश २ समितिका कोषाध्यक्ष शर्माले जानकारी दिए।

प्रदेशका ८ जिल्लाका सामुदायिक रेडियोहरूका लागि करिब २ लाख रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षा सामग्री जुटाइएको जानकारी पनि उनले दिए।

कोरोना महामारीका बेला पनि सामुदायिक रेडियोकर्मी नागरिकलाई समाचार र सूचना दिन सक्रिय रूपमा लागिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .